
२२ चैत्र २०७६, काठमाडौं
नेपालमा पहिलो पटक स्थानीयमा कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको छ ।
यसभन्दा अगाडि विदेशबाट आएका नेपालीमा मात्रै कोरोना संक्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज फेला परेका तीनजामध्ये एकजना कैलालीकै स्थानीय हुन् । यस्तै उनी चौथो संक्रमितका आफन्त हुन् ।
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले बताएअनुसार ‘चौथो संक्रमित विदेशबाट आएर घर बसेका थिए । ज्वरो आउने लगायतका समस्या देखिएपछि अस्पताल गएका थिए । अहिले उनकै आफन्तलाई संक्रमण देखिनु भनेको कोरोना संक्रमणको लोकल ट्रान्समिसन हो ।’
⇒थप तीन जनामा कोरोना संक्रमण : स्वास्थ्य मन्त्रालय
कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो । त्यसैले नेपालका लागि यो साता निकै महत्वपूर्ण हुने मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्की बताउँछन् ।
यसअघि नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै विदेशबाट आएका थिए ।
|फाइल तस्वीर|





