
२२ चैत्र २०७६, काठमाडौें
कोभिड –१९ (कोरोना भाइरस)को आशङ्कामा सुनसरीमा ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
कोरोनाको परीक्षण गरिएका ३९ जनामध्ये २४ जनाको रिजल्ट नेगेटिभ आएको र उनीहरु घर फर्किएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।
बाह्र जनाको स्वाब परीक्षणका क्रममा रहेको छ भने तीन जनाको परीक्षण हुन बाँकी रहेको बताइएको छ । आइसोलेशनमा राखिएका एक जनासमेत घर फर्किसकेको जनाइएको छ ।
जिल्लामा १६७ जना होम क्वारेन्टाइनमा बसेको बताइएको छ । होम क्वारेन्टाइनमा रहेकाध्ये २६ महिला र १४१ पुरुष रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनायो ।
यसैबीच सुनसरीको गढी गाउँपालिकाले २० जना क्षमता भएको क्वारेनटाइन निर्माण गरेको छ । गढी २ मा रहेको गढदेउ अधारभूत विद्यालयमा २० जना क्षमता भएको क्वारेन्टाइन निर्माण गरिए गाउँपालिकाले जनाएको छ ।
|फाइल तस्वीर|





