फ्रान्समा कोरोनाका कारण दैनिक मृत्यु हुनेको संख्या तीव्र,पछिल्लो २४ घण्टाको अपडेट



२२ चैत्र २०७६, काठमाडौँ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा पछिल्लो २४ घण्टाभित्र ११ सय २० जनाले ज्यान गुमाएका छन् । यो सँगै यहाँ मृत्यु हुनेको संख्या ६ हजार ५ सय ७ पुगेको छ ।

हालसम्म कूल संक्रमितको संख्या ६४ हजार ३ सय ३८ पुगेको छ । यहाँ एकैदिन ५ हजार २ सय ३३ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ६ हजार ६ सय ६२ को स्थिती गम्भीर छ भने १४ हजार ८ सय संक्रमित निको भएर घरसमेत फर्किसकेका छन् त्यस्तै ४३ हजार ८२३ उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्