कोरोनासँगको महायुद्ध : अमेरिकामा एकैदिन १३२१ को मृत्यु, ३२ हजार ८८ बढी संक्रमित थपिए



२२ चैत्र २०७६, काठमाडौँ

अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाले ज्यान गुमाएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २०५ देशमा पुगेको छ । यसको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ ।

अमेरिकामा अहिलेसम्म २ लाख ७६ हजार ९६५ जना संक्रमित छन् । अमेरिकामा बितेको २४ घण्टामा ३२ हजार ८८ जना संक्रमित थपिएका छन् । त्यस्तै ज्यान गुमाउनेको संख्या ७ हजनार ३९१ पुगेको छ ।

संक्रमितमध्ये ५ हजार ७ सय ८७ को अवस्था गम्भीर छ । त्यस्तै १२ हजार २ सय ८३ जना संक्रमित उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्