विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो, १० लाख ९७ हजार बढी संक्रमित, कुन देशमा कति ? (अपडेट)



२२ चैत्र २०७६, काठमाडौँ

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १० लाख ९७ हजार ८१० जनामा पुगेको छ त्यस्तै ५९ हजार १४० जनाले ज्यान गुमाएका छन् । संक्रमतिमध्ये २,२८,४०५ जना उपचारपछि निको भएर घर फर्किएको खबर छ ।

अहिले ८ लाख १० हजार २६५ जना कोरोना संक्रमितको विश्वका विभिन्न देशका अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ३९ हजार ४३९ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २०५ देशमा पुगेको छ । यसको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा अहिलेसम्म २ लाख ७६ हजार ९६५ जना संक्रमित छन् । अमेरिकामा बितेको २४ घण्टामा ३२ हजार ८८ जना संक्रमित थपिएका छन् । त्यस्तै ज्यान गुमाउनेको संख्या ७ हजनार ३९१ पुगेको छ ।

इटालीमा १ लाख १९ हजार ८२७ संक्रमित छन् । सबैभन्दा धेरै मृत्यु भएको इटालीमा अहिलेसम्म १४ हजार ६८१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा १ लाख १९ हजार १९९ संक्रमित छन् भने ११ हजार १९८ जनाले ज्यान गुमाएका छन् । जर्मनीमा ९१ हजार १५९ जनामा संक्रमण देखिएको छ । १ हजार २७५ जना को मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्