घर बसी बसी आस्थाले लेखिन् कोरोनासम्बन्धी जनचेतना जगाउने यस्तो कविता…



२१ चैत्र २०७६, काठमाडौँ

लकडाउनका कारण क्वारेन्टाइनमा रहेका सेलिब्रेटीहरु विभिन्न काम गरेर आफ्नो समय बिताइरहेका छन् । कोही पुस्तक पढ्दै, कोही चलचित्र हेर्दै, कोही गीत गाउँदै त कोही घरको काम गरेर समय बिताइरहेका छन् ।

यसैबिच चर्चित गायिका आस्था राउतले घर बसी बसी कोरोनासम्बन्धी जनचेतना मूलक कविता रचेकी छिन् । आस्थाले फेसबुकमा आफ्नो कविता पोष्ट गर्दै सबैलाई घरमै बस्न आग्रह गरेकी छिन् ।

उनको कविताको सबैले प्रशंसा गरिरहेका छन् । किनकी उनले अहिलेको अवस्थालाई वर्णन गर्दै कविता लेखेकी छिन् ।

आस्थाको कविता जस्ताको तस्तै-

कोरोना जान्न रोएर

बरु जान्छ धोएर

टाढा टाढै बसौँ साथी

नबसौँ छोएर

रुमाल टिस्यु साथै राखौँ

खोकौँ छोपेर

सावधानी अपनाउँ है

हुन्न हेपेर

केही गरौँ केही सोचौँ

घर मै बसेर

मनोबल उच्च राखौँ

जागरुक बनेर

आफु पनि बाचौं, अरुलाई पनि बचाउँ

प्रतिक्रिया दिनुहोस्