जीवन बीमा कम्पनी नेपाल लाइफद्वारा कोरोनाविरुद्धको कोषमा एक करोड सहयोग



२१ चैत्र २०७६, काठमाडौं

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कोरोना भाइरसविरुद्धको कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

नेपाल लाइफको सञ्चालक समितिले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकूल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जानकारी गराएको छ ।

महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग पुग्ने विश्वास व्यक्त गरेकोे छ ।

|तस्वीरमा नेपाल लाइफ। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्