लकडाउनमा फेरिएको राजेशको लुक्स



२१ चैत्र २०७६, काठमाडौँ

महानायक राजेश हमाल उमेरले ५० कटिसकेका छन् । तर हेर्दा उनी अहिलेका चकलेटी नायकहरु भन्दापनि जवान देखिन्छन् । राजेश कतै बाहिर जादाँ पनि निकै स्टाइलिस भएर जाने गरेका छन् । जसका कारण उनको उमेर धेरै भएको जस्तो देखिदैँन ।

लकडाउनका कारण हाल क्वारेन्टाइनमा रहेका राजेशले सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेका छन् । जहाँ उनी बुढा देखिएका छन् । घरमा बस्दा दारी काट्न समेत अल्छी गरेका राजेशको भिडियोमा सेतै फुलेको दारी देख्न सकिन्छ ।

उक्त भिडियोमा उनका फ्यानले पनि राजेश बुढो भएको भन्दै कमेन्ट गरिरहेका छन् । उक्त भिडियोले निकै चर्चा पनि पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्