
२० चैत्र २०७६, काठमाडौं
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुध्न सरकारले स्थापना गरेको राहत कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ ।
निगम सञ्चालक सकितिको बुधबार बसेको बैठकको निर्णय अनुसार ५० करोड रुपैयाँ बिहीबार प्रधानमन्त्री मन्त्रिपरिषदको कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
विश्वभर फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन नेपाल सरकारले गरेको निर्णय कार्यान्वयनमा सघाउन निगमले सबैलाई आग्रह गरेको छ ।
|तस्वीरमा आयल निगम। फाइल तस्वीर|





