‘लकडाउनका कारण आफूलाई शान्त राख्न पाइएको छ’ : केकी अधिकारी



१९ चैत्र २०७६, काठमाडौँ

नायिका केकी अधिकारी लकडाउनको समय आफूलाई घरमा व्यस्त बनाएर बिताइरहेकी छिन् । धेरै समय काममा नै व्यस्त हुने भएकाले उनले घरमा समय बिताउन पाएकी थिइनन् । तर अहिले भने उनी फुर्सदमा छिन् ।

केकी आफ्नो समय किचनमा काम गरेर, पुस्तक पढेर, चलचित्र हेरेर बिताइरहेकी छिन् । यस्तै उनले यसबेला लामो समयपछि आफूलाई शान्त राख्न पाइएको बताएकी छिन् । सधैँ त हतारमा काम गरिरहेको हुदाँ अहिले आफूले हरेक काम सोचेर गर्न सकेको बताएकी छिन् ।

केकीले अरुलाई पनि सरकारको नियम पालना गर्दै सबैलाई घरमा नै बस्न आग्रह गरेकी छिन् । उनले अहिलेको समयमा घरबाट बाहिर निस्कन उचित नभएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्