ट्रोल गर्नेलाई एलिजाको प्रश्न, ‘कलाकारको बेइज्जत गर्ने अधिकार तपाईलाई कसले दियो’ ?



१९ चैत्र २०७६, काठमाडौँ

ऋषि धमलाकी श्रीमती तथा नायिका एलिजा गौतमको डेब्यु चलचित्र अनुराग युट्युबमा केहीदिन अघिमात्र रिलिज भएको छ । हलमा फ्लप साबित भएको चलचित्रले युट्युबमा भने राम्रो भ्यूज पाइरहेको छ ।

दर्शकले चलचित्र हेरेर मिश्रित प्रतिक्रिया दिएका छन् । यस्तै ट्रोल कलिउडले भने चलचित्र अनुराग को नराम्रोसँग ट्रोल गरेको छ । टोल कलिउडले अनुराग चलचित्रको पोष्टर राख्दै यस्तो चलचित्र अबदेखि नेपालमा नबनोस्, यस्तो चलचित्र हेर्दा नेपाली चलचित्र प्रेमीले नेपाली चलचित्र हेर्न नै छोड्छन् भनेर स्टाटस लेखेको छ ।

यसबारे एलिजाले निकै आक्रोश पोखेकी छिन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ट्रोल कलिउडलाई गतिलो जवाफ दिएकी छिन् । उनले यो आफ्नो पहिलो प्रयास भएको र आफूले राम्रो काम गर्न नसकेको पहिले नै स्वीकारिसकेकी थिइन् । फेरि उनलाई साथ दिनुको सट्टा यसरी ट्रोल गरेपछि उनले आफूलाई बदनाम गर्ने अधिकार कसैलाई नभएको बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘मेरो पहिलो प्रयास, मेरो पहिलो फिल्म । सानै देखिको रहर मेरो हिरोइन बन्ने थियो । यतिखेर जुरेछ मलाई यो फिल्म गर्न । दोस्रो सन्तान छोरा जन्मेको ३ महिनाको छोरा मेरो मम्मीलाई हेर्न दिएर अनुराग फिल्म बनाएँ, खेलेँ ।’ ‘अमिताभ बच्चन, ऋषि कपुरजस्ता महानायकको फिल्म त ५ वटा फिल्म गर्दा बल्ल चल्छ भने हामी को हौं र एकैचोटी हिट हुने रु ट्रोल कलिउड तपाईं कहाँको सुपरस्टार हो रु मान्छे एकपटक लड्यो भन्दैमा एकचोटी फिल्म फ्लप भयो भन्दैमा मानहानी गरेर मान्छे मार्न खोज्ने रु निर्माता, कलाकारको बेइज्जत गर्ने को हो तपाईं, कसले दियो तपाईंलाई अधिकार हँ ?’

साथै एलिजाले साइबर क्राइम गरेको भन्दै ट्रोल कलिउडलाई मुद्धा हालेको पनि जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्