स्पेनमा एकै दिन ९१३ जनाको मृत्यु, ७ हजार ८ सय बढी संक्रमित



१८ चैत २०७६, काठमाडौं

विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस अर्थात कोभिड-१९ बाट स्पेनमा एकै दिन ९ सय १३ जनाको मृत्यु भएको छ । ७ हजार ८ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् । मंगलबार बिहानसम्म स्पेनमा ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ ।

कोेरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । त्यसपछि स्पेन नै हो । इटालीमा काेराेनाका कारण अहिलेसम्म ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा अहिलेसम्म ८७ हजार ९ सय ५६ जना संक्रमित भएका छन् । तीमध्ये १६ हजार ७ सय ८० जना पूर्ण रुपमा निको भएका छन् ।

अहिले स्पेनमा ६३ हजार ४ सय ६० जनामा कोरोना सक्रिया रहेको छ । तीमध्ये ५ हजार २ सय ३१ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्