हरेक मृत्युलाई ‘कोरोना’सँग नजोडौं : स्वास्थ्य मन्त्रालय



१७ चैत्र २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोभिड १९ (कोरोना भाइरस)सँग नजोड्न आग्रह गरेको छ ।

गाउँघरमा कसैको मृत्यु भयो भने कोरोनाकै कारण मृत्यु भएको भन्दै मलामीसमेत नजाने अवस्था आएको भन्दै मन्त्रालयले त्यसो नगर्न ध्यानाकर्षण गराएको हो ।

सोमबार (आज) आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले यस्तो आग्रह गरेका हुन् । “जो मर्‍यो, त्यो कोरोनाले मर्‍यो भन्ने ढंगले जसरी प्रचार प्रसार भएको छ । यो दुःखद कुरा हो ।”

यस्तै उनले हालसम्म नेपालमा विदेशबाट फर्किएकाहरुमा मात्रै कोरोना संक्रमण देखिएको भन्दै स्थानीयवासी तथा समुदायमा नभएको दावी गरे । यसैगरी उनले कोरोना आशंकामा अस्पताल भर्ना गरिएकाहरुको पनि कोरोना संक्रमण परीक्षण नेगेटिभ आएको स्मरण गराए ।

उनका अनुसार कोरोना संक्रमण भइसकेपछि पनि ८० प्रतिशत मानिसलाई सामान्य रुघाखोकी लाग्छ । त्यसमा पनि १५ प्रतिशतलाई अस्पताल भर्ना गर्नुनपर्ने तर औषधि नै ख्वाउनुपर्ने भने ५ प्रतिशतलाई मात्र हुन्छन् ।

|तस्वीरमा मन्त्रालयका विज्ञ सल्लाहकार कार्की। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्