क्वारेन्टाइन अनलाइन डान्स प्रतियोगिता, विजेताले पाउनेछन् यति पुरस्कार…



१७ चैत्र २०७६, काठमाडौँ

अहिले लकडाउनका कारण मानिसहरु बाहिर जान सकिरहेका छ्रैनन् । तर क्वारेन्टाइनमा नै रहेपनि नृत्यप्रति रुची हुनेको लागि सुनौलो अवसर आएको छ । अब घर बसी बसी डान्स गरेको भिडियो पठाएर पुरस्कार जित्न सकिनेछ ।

सेल्फ क्वारेन्टाइनमा बसेका नृत्य गर्ने व्यक्तिलाई ध्यानमा राख्दै चार्मिंग इन्टरटेनमेन्टले ‘क्वारेन्टाइन अनलाइन डान्स प्रतियोगिता’ आयोजना गरेको छ । यही बैशाख १३सम्ममा आफ्नो कम्तिमा २-३ मिनेटको नृत्य पठाईसक्नु पर्नेछ। अन्तिम निर्णय भने बैशाख १९मा गर्ने आयोजकको तयारी रहेको छ ।

यस डान्स कम्पिटिसनमा नेपाली नागरिकले नेपाली गीतमा नै नृत्य गरेको हुनुपर्छ । अन्यथा अरु गीतमा गरिएका नृत्यको मान्यता हुनेछैन । यस प्रतियोगितामा हरेक उमेर समुहका मानिसले भाग लिन पाउनेछन् । विजेताको डान्सको भिडियो युट्युबमा नै अपलोड गरिनेछ । विजेता नगद रु. ५ हजार पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्