सरकारप्रति करिश्माको आक्रोश : ‘सबै समस्या सेलिब्रेटीले नै समाधान गर्नुपर्ने भए सरकारको के काम’ ?



१७ चैत्र २०७६, काठमाडौँ

कोरोनाको त्रासका कारण सरकारले नेपाललाई केही समयको लागि लकडाउन गरेको छ । जसका कारण दैनिक काम गरेर गुजारा चलाउने मजदुरहरुमा समस्या देखिएको छ । उनै मजदुरको सहयोगको लागि सरकारले प्रधानमन्त्री राहत कोष खडा गरेको छ ।

उक्त कोषमा सेलिब्रेटी तथा अन्य व्यक्तिले जतिसक्दो सहयोग गरिरहेका छन् । तर नायिका करिश्मा मानन्धरले भने यसबारे आक्रोश पोखेका छन् । करिश्माले फेसबुकमा एक स्टाटस लेख्दै सरकारप्रति आक्रोश पोखेकी हुन् ।

उनले लेखेकी छिन्, ‘के भनेको के रु के सेलिब्रेटि ले सबै समस्या समाधान गर्नु पर्ने रु अनि के काम सरकार को रु किन भोट गरेको हामिले रु के हामी धुर्मुस , सुन्तली हौ कि रबि लामिछाने रुरु हँ रुरु जानुस तपाईहरुको भगवान् लाई खोज्नुस ११ तर घर बस्नुस ।’

करिश्माको यो स्टाटसले अहिले निकै नै चर्चा पाइरहेको छ । केहीले उनको समर्थन गरेका छन् भने केहीले करिश्माले यस्तो भन्न नहुने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्