पूजालाई फ्यानको प्रश्न : ‘आकाशसँग बिहे कहिले हुन्छ’ ?



१७ चैत्र २०७६, काठमाडौँ

चलचित्र रामकहानी मा पहिलो पटक एकसाथ देखिएका थिए पूजा र आकाश । उनीहरुले सोचेका पनि थिएनन् होला , उनीहरुको जोडीलाई दर्शकले यतिधेरै रुचाउँछन् भनेर ।

पूजा र आकाश अहिलेका सर्वाधिक लोकप्रिय जोडी हुन् । यी दुईको जोडी दर्शकलाई यतिसम्म मन पर्छ कि दर्शकले यी दुईलाई रियल लाइफ कपल भएको हेर्ने चाहना गरिरहेका छन् । तर पूजा र आकाशले भने आफूहरु साथी मात्र भएको बताउँदै आएका छन् ।

यस्तै सामाजिक सञ्जालमा निकै सक्रिय पूजा बेला बेलामा फ्यानले सोधेको प्रश्नको जवाफ दिने गर्छिन् । केहीदिन अघि उनले सामाजिक सञ्जालमा फ्यानलाई प्रश्न गर्न लगाएर प्रश्नको जवाफ दिएकी थिइन् ।

त्यहिबेला एक फ्यानले उनलाई अचम्मको प्रश्न गरे । उनलाई फ्यानले सोधे, तपाईको आकाशसँग कहिले बिहे हुन्छ ? यस प्रश्नमा पूजाले भनिन्, आकाश र म मिल्ने साथी मात्र हौँ । यस्तै अर्का फ्यानले उनलाई पल र प्रदिपमा को धेरै मनपर्छ भनेर सोधेका थिए जहाँ पूजाले पलको नाम लिइन् ।

प्रतिक्रिया दिनुहोस्