
१६ चैत्र २०७६, काठमाडौं
सरकारले ‘लकडाउन्’का कारण मर्कामा परेका विपन्नहरुका लागि राहत प्याकेजको तयारी गरेको छ ।
न्यून आय भएका, विपन्न वर्ग विशेषतः सहरी मजदूर, गरिबहरूका लागि विशेष राहत प्याकेजको तयारी गरिएको हो ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले त्यसको तयारी गरिरहेको र मन्त्रिपरिषद्को बैठक बसेर आर्थिक प्याकेजको घोषणा गर्ने बताइएको छ ।
मन्त्रिपरिषद्को बैठक आइतवार (आज) बस्ने तयारी छ । न्यून आय भएका वर्गलाई पालिकाहरूले खाने कुराको प्रबन्ध मिलाइरहेको भए पनि उनीहरूले काम पाउने अवस्था नबन्दासम्म उनीहरूलाई सरकारले हेर्ने समिति स्रोतले बतायो ।
के दिने र कसरी कुन माध्यमबाट दिने भनेर तयारी भइरहेको स्रोत को भनाइ छ ।
|तस्वीरमा उच्चस्तरीय समिति। फाइल तस्वीर|





