‘कोरोनाको सन्देश गाउँतिर पनि पुर्याउनु आवश्यक छ’ : नन्दिता केसी



१५ चैत्र २०७६, काठमाडौँ

यतिबेला सेलिब्रेटीहरुले सामाजिक सञ्जालमार्फत कोरोनाबाट सावधान रहनको लागि आग्रह गरिरहेका छन् । यसैबिच नायिका नन्दिता केसीले पनि एक भिडियोमार्फत कोरोनाबाट बच्नको लागि सबैलाई घरमै बस्न आग्रह गरेकी छिन् ।

उनले भिडियोमा कोरोनाको सचेतना सहरमा मात्र नभएर गाउँमा पनि दिन आवश्यक भएको बताएकी छिन् । सहरमा त सोसल मिडियाका मार्फत मानिसले यसबारे जानकारी पाएका छन् । तर नेपालमा यस्ता पनि ठाउँ छन् जहाँ टेलिभिजन, इन्टरनेट केहीको सुविधा छैन ।

त्यस्ता ठाउँमा मानिसहरु अझैपनि कोरोना भाइरसबारे अनविज्ञ छन् । त्यसैले नन्दिता केसीले त्यस्ता ठाउँमा पनि कोरोनाबारे सचेतना दिन आवश्यक रहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्