
१५ चैत्र २०७६, काठमाडौं
कोरोना भाइरस (कोभिड–१९)को जोखिम सामना गर्न सरकारले स्थापना गरेको केन्द्रीय राहत कोषमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरुले १५ दिनको तलब उपलब्ध गराउने भएका छन् ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि १५ दिनको तलब राहत कोषमा सहयोग गर्ने जानकारी गराएका हुन् ।
आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे, आयुक्तहरु डा. गणेशराज जोशी र डा. सावित्री थापा गुरुङले आफ्नो १५ दिनको तलब राहत कोषमा उपलब्ध गराउने भएका हुन् ।
आयोगमा कार्यरत सचिव लगायतका कर्मचारीहरुको हकमा नेपाल सकारले गरेको निर्णय अनुसार सहयोग रकम राहत कोषमा जम्मा गरिने प्रवक्ता कोइराले बताए ।
|तस्वीरमा अख्तियार कार्यालय। फाइल तस्वीर|





