‘आगामी चार महिनाभित्र ४० देखि ५० करोड भारतीयलाई कोरोना संक्रमण हुने सक्ने’



१५ चैत्र २०७६, काठमाडौं

आगामी चार महिनाभित्रमा ४० देखि ५० कोरोड भारतीय नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुन सक्ने अनुमान गरिएको छ ।

आउँदो जुलाई महिनाको अन्त्यसम्ममा ४० देखि ५० करोड भारतीयमा कोरोना संक्रमण हुने अनुमान गरिएको हो । संक्रमण हुनेमध्ये धेरैलाई पहिलो चरणमा कुनै लक्षण नदेखिने र एकैपटक मध्यचरणमा मात्रै जटिल लक्षणहरु देखिने अमेरिकी सञ्चार माध्यम ‘न्युयोर्क टाइम्स’मा प्रकाशित एक लेखमा दावी गरिएको छ ।

भारतको सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणको सो लेखमा संक्रमण परीक्षणका लागि भारतसँग अत्यावश्यक, पहुँचयोग्य र सजिलै उपलब्ध हुने परीक्षण केन्द्रहरु आवश्यक रहेको र यो व्यवस्था गर्न मात्रै तीनसाता बाँकी रहेको उल्लेख छ ।

कोरोना संक्रमण फैलँदै गएपछि भारतमा २१ दिन लामो लकडाउन लगाइएको छ ।-जेन्सी

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्