‘प्रेमगीत’ बन्यो युट्युबमा २ करोड भ्यूज पाउने पहिलो चलचित्र (भिडियो)



१५ चैत्र २०७६, काठमाडौँ

करिब ४ बर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र प्रेमगीत बक्सअफिसमा त्यति सफल भएन । तर दर्शक र समिक्षकबाट यो चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

चलचित्रमा प्रदिप खड्का र पूजा शर्माको मुख्य भूमिका रहेको थियो । प्रदिप र पूजालाई चलचित्र प्रेमगीत ले नै नयाँ उचाईमा पुर्याएको थियो । यो चलचित्रबाट सबैभन्दा धेरै कसैलाई फाइदा भयो भने त्यो प्रदिप र पूजालाई नै हो ।

प्रेमगीत युट्युबमा अत्याधिक भ्यूज पाउने चलचित्रमा पर्छ । त्यतिमात्र नभएर प्रेमगीत अहिलेसम्म सबैभन्दा धेरै भ्यूज पाउने नेपाली चलचित्र पनि हो । चलचित्रमा २ करोड भ्यूज प्राप्त छ । चलचित्रलाई १ लाख बढीले लाइक गरेका छन् भने चलचित्रमा १० हजार बढी कमेन्ट प्राप्त छन् ।

प्रतिक्रिया दिनुहोस्