सोलुखुम्बुमा पर्यटकलाई निःशुल्क खान बस्नको व्यवस्था



१५ चैत्र २०७६, सोलुखुम्बु

सोलुखुम्बुको लुक्लामा रोकिएका पर्यटकहरुलाई निःशुल्क खान बस्नको व्यवस्था गरिएको छ ।

कोभिड १९ (कोरोना भाइरस)का कारण सरकारले आव्हान गरेको ‘लकडाउन्’पछि रोकिएका पर्यटकहरुका लागि खुम्बु पासाङल्हामु गाउँपालिका र होटल एसोसिएसन लुक्लाले संयुक्त रुपमा खाना तथा बासको व्यवस्था गरेको हो ।

गाउँपालिकाले गत बिहीबारदेखि ‘लकडाउन्’को अवधिभर खाजा तथा खाना र लुक्ला होटल एसोसिएनले कोठा र इन्टरनेटको व्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ ।

|तस्वीरमा सोलुखुम्बुको लुक्ला| फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्