निश्चल र स्वस्तिमाको क्वारेन्टाइन : स्वस्तिमा गितार बजाउने, निश्चल गीत गाउने



१५ चैत्र २०७६, काठमाडौँ

क्वारेन्टाइनको समय नायिका स्वस्तिमाले निकै रमाइलोसँग बिताइरहेकी छिन् । उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेकी छिन् । जहाँ उनले निश्चलसँग चल्दै मस्ती गरेको देख्न सकिन्छ ।

यस्तै अहिले उनले नयाँ भिडियो पोष्ट गरेकी छिन् । जहाँ उनले गितार बजाइरहेकी छिन् र निश्चलले स्वस्तिमाको गितारको तालमा गीत गाइरहेका छन् । यो भिडियोलाई फ्यानले निकै रुचाइरहेका छन् ।

स्वस्तिमाले भिडियो शेयर गर्दै लेखेकी छिन् – ‘आफ्नो ख्याल गर्नुस् है ‘!

प्रतिक्रिया दिनुहोस्