कोरोना पिडितलाई बाहुबली अभिनेता प्रभासले गरे ४ करोड सहयोग



१५ चैत्र २०७६, काठमाडौँ

तामिल स्टार प्रभासलाई धेरैले बाहुबली अभिनेता भनेर चिन्ने गर्छन् । किनकी बाहुबली ले उनलाई नयाँ उचाईमा पुर्याइदिएको थियो ।

अहिले विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रत्यक्ष असर भारतमा पनि परेको छ । प्रभासले कोरोना पिडितलाई ४ करोड सहयोग गरेका छन् ।

उनले ‘प्रधानमन्त्री राहत कोष’ लाई ३ करोड, आंध्र प्रदेश र तेलंगाना राज्यको ‘मुख्यमन्त्रि राहत कोष’ लाई ५०-५० लाख गरेर जम्मा ४ करोड दिने घोषणा गरेका हुन् । न्यूज एजेन्सी ‘आईएएनएस’ ले उक्त खबरको पुष्टि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्