प्रेममा छन् नाजिर र नम्रता ?



१५ चैत्र २०७६, काठमाडौँ

आजभोली नेपाली रजतपटमा अभिनेता नाजिर हुसेन र अभिनेत्री नम्रता श्रेष्ठको अफेयरको हल्ला चल्न थालेको छ । हुन त यसबारे न नाजिरले नै केही बोलेका छन्, न त नम्रताले नै केही भनेकी छिन् ।

तर केहीसमय अघि नाजिरले फेसबुकमा उनको र नम्रताको तस्बिर सेयर गरेका थिए । जहाँ दुवैले कोरोनाबारे सचेत गराउँदै मास्क र ग्लब्स लगाएका थिए । त्यस्तै नम्रताले पनि नाजिरसँगको तस्बिर इन्ष्टाग्राममा सेयर गरेकी थिइन् । जहाँ अधिकांशले कमेन्टमा सुहाएको जोडी भनेका थिए ।

उनीहरुले सामाजिक सञ्जालमा तस्बिर खुलेर साझेदार गरेकाले यी दुईबिच प्रेम भएको अड्कल लगाइएको छ । प्राय कलाकारले आफ्नो निजी जीवनबारे मिडियामा त्यति बताउन चाहदैँनन्, त्यसैले पनि नाजिर र नम्रताले प्रेम लुकाएका पो हुन् कि ? या उनीहरुबिच प्रेम नै छैन ।

प्रतिक्रिया दिनुहोस्