इटलीमा स्थिति झन् भयावह, एकै दिन गयो ९१९ को ज्यान, जुन अहिलेसम्मकै उच्च मृत्यु



१५ चैत्र २०७६, काठमाडौं

इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो ।

मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ ।

जसमा ४४ जना डाक्टर पनि छन् । सैनिक परिचालन गरेर दुई सातासम्म जनतालाई घरमा राखेका कारण उत्तरी क्षेत्रमा संक्रमण केही कम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्