पूजा र आकाशको ‘पोई पर्यो काले’ युट्युबमा रिलिज (भिडियो सहित)



१४ चैत्र २०७६, काठमाडौँ

अहिले नेपाललाई लकडाउन गरिएको छ । जसका कारण देशका अधिकांश मानिस क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनको समय कसैले पुस्तक पढेर, कसैले परिवारसँग मस्ती गर्दै र धेरैले चलचित्र हेरेर बिताइरहेका छन् ।

क्वारेन्टाइनको समय सदुपयोग गर्नको लागि गत कार्तिकमा प्रदर्शनमा आएको चलचित्र पोई पर्यो काले युट्युबमा सार्वजनिक गरिएको छ । पोई पर्यो काले व्यवसायिक रुपमा असफल भएको चलचित्र हो । तर यस चलचित्रको गीतसंगीतले भने चर्चा पाएका थिए ।

चलचित्रमा पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, शोहित मानन्धर, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । पोई पर्यो काले लाई शिशिर राणाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्