युट्युबमा रिलिज हुदैँ आँचल र उदिपको विवाहको भिडियो



१४ चैत्र २०७६, काठमाडौँ

नायिका आँचल शर्माले केहीसमय अघि प्रेमी उदिप श्रेष्ठसँग धुमधामसँग विवाह गरिन् । उनको विवाहले सामाजिक सञ्जालमा धेरैदिनसम्म चर्चा पायो । विशेष आँचलले लगाएको पहिरन र हेलिकप्टरमा भएको आँचल र उदिपको सवारले धेरै चर्चा बटुल्यो ।

आँचल पछिल्लो समयकी लोकप्रिय नायिका हुन् । जसका कारण उनको फ्यान धेरे छन् । आँचलका फ्यानले आँचल र उदिपको विवाहको भिडियो हेर्ने रहर गरेका थिए । आँचलले फ्यानको इच्छा पुरा गरिदिने भएकी छिन् ।

पछिल्लो समयमा कलाकारले आफ्नै युट्युब च्यानल खोल्न थालेका छन् । त्यसमा अब नायिका आँचल शर्मा पनि थपिएकी छिन् । उनले आफ्नै युट्युब च्यानलमार्फत उनको र उदिपको विवाहको भिडियोको टिजर अपलोड गरेकी छिन् । उनले केहीसमयपछि विवाहको पुरा भिडियो अपलोड गर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्