लकडाउनको समय यसरी बिताउँदै प्रियंका



१४ चैत्र २०७६, काठमाडौँ

सरकारले नेपाललाई केहीसमयको लागि लकडाउन गरकाले यतिबेला सेलिब्रेटीहरु परिवारसँग क्वारेन्टाइनको समयको सदुपयोग गरिरहेका छन् । यस्तै नायिका प्रियंका कार्कीले हालै सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरेकी छिन् ।

जहाँ उनले आयुष्मानको टाउको मसाज गरिरहेकी छिन् । उनले आफ्नो समय यतिबेला परिवारसँग रमाइलो गरेर बितिरहेको बताएकी छिन् । उनले आफ्नो क्वारेन्टाइन समय कसरी बितिरहेको छ, त्यसको तस्बिर आफूलाई सेयर गर्न पनि भनेकी छिन् ।

साथै उनले सबैलाई घरमै बस्न र आफूलाई सुरक्षित राख्न पनि फ्यानलाई आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्