आज नायिका तथा निर्देशक झरना थापाको जन्मदिन, शुभकामना दिनेको ओइरो



१३ चैत्र २०७६, काठमाडौँ

नायिका तथा निर्देशक झरना थापाको आज जन्मदिन रहेको छ । यसअघिका जन्मदिन उनले विशेष तरिकाले मनाउने गरेकी थिइन् । तर यसपटकको जन्मदिन भने उनले विशेषगरी मनाउन पाइनन्, कारण कोरोना भाइरस ।

कोरोना भाइरसका कारण अहिले सरकारले नेपाललाई लकडाउन घोषणा गरेका छ । जसका कारण देशका सबै जनता होम क्वारेन्टाइनमा रहेका छ । यस्तै नायिका झरना थापा निर्देशित चलचित्र ए मेरो हजुर ४ को छायांकन स्थगित पनि भएको छ ।

तर उनको जन्मदिन उनकी छोरी सुहाना थापा र श्रीमान सुनिल थापाले घरमै मनाइदिएर केही विशेष भने बनाइदिएका छन् । सुहानाले झरनाले केक काटेको भिडियो इन्ष्टाग्राममा अपलोड गरेकी छिन् । आज उनको जन्मदिन भएकाले सामाजिक सञ्जालमा उनलाई जन्मदिनको शुभकामना दिनेको ओइरो नै लागेको छ । हाम्रो तर्फबाट पनि झरनालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्