घर बसी बसी आर्यनले रचे कविता, ‘घरमै बस, खुसी बस, मातृभूमीको लागि’



१३ चैत्र २०७६, काठमाडौँ

अभिनेता आर्यन सिग्देल यतिबेला होम क्वारेन्टाइनमा छन् । सरकारले कोरानाबाट बच्नको लागि केहीसमयको लागि घरमै बस्न सबैलाई अपिल गरेपछि अभिनेता आर्यन सिग्देल पनि घरमा बसिरहेका छन् ।

यसैबिच घर बसी बसी आर्यनले कविता रचेका छन् । उनले कविता पनि अहिलेको अवस्थालाई समेटेर नै लेखेका छन् ।

सामाजिक सञ्जालमा उनले आफ्नो कविता सेयर पनि गरेका छन् । उनले लेखेका छन्, ‘जिन्दगी बाच्नेहरुको लागि, बाँच्ने जिन्दगीको लागि । बाच्नु नै छ भने, बाँच अरुको लागि । आफनो जिन्दगी ठिक छ भने, त्रास बन्छौ किन अरुका लागि । भित्रै बस‘खुशी बस‘मातृभुमीका लागि ।’

आर्यनको कवितालाई फ्यानले रुचाएका छन् र उनको प्रशंसा पनि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्