स्वस्तिमाले भनिन्, ‘घरभित्र बस्दा उकुसमुकुस हुन्छु’



१३ चैत्र २०७६, काठमाडौँ

नायिका स्वस्तिमा खड्काले घरमा बस्ने बानी त्यति नभएकाले घरमा धेरै समयसम्म बस्दा आफू उकुसमुकुस हुने बताएकी छिन् । हुन त अरु समयमा उनी धेरै नै व्यस्त हुन्छिन् । जसका कारण उनीसँग घरमा बस्ने समय हुदैँन । तर समय हुदाँपनि एकदिन घरमा बस्नुपर्दा उनलाई गाह्रो हुने उनी स्वयमले बताएकी छिन् ।

उनलाई पुस्तक पढ्न खासै मन लाग्दैन । जसका कारण उनी चलचित्र हेरेर आफ्नो समय बिताउने गरेको बताउँछिन् । यसका साथै श्रीमान निश्चलसँग मस्ती गरेर पनि उनले समयको राम्रो सदुपयोग गरिरहेकी छिन् ।

स्वस्तिमा त्यसैपनि सामाजिक सञ्जालमा सक्रिय भैरहन्छिन् । त्यसमाथि अहिले त दिनभरि घरमा भएकाले उनी सामाजिक सञ्जालमा धेरै नै सक्रिय छिन् । स्वस्तिमाले आफूलाई घर बस्न बोर लागिरहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्