कट्रिनाले बनाइन् कुचोलाई क्रिकेट ब्याट, भिडियो भयो भाइरल (भिडियो सहित)



१३ चैत्र २०७६, काठमाडौँ

कोरोनाको त्रास भारतमा पनि निकै भएकाले यतिबेला भारतीय सरकारले भारतलाई २१ दिनसम्मको लागि लकडाउन गरेको छ । जसका कारण बलिउड सेलिब्रेटीहरु पनि क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै नायिका कट्रिना कैफले सामाजिक सञ्जालमा विभिन्न भिडियोहरु पोष्ट गरिरहेकी छिन् । केहीदिन अघिमात्र उनले भाडा माझिरहेको तस्बिर सेयर गरेकी थिइन् । अहिले फेरि उनले एक तस्बिर सेयर गरेकी छिन् ।

जहाँ उनले कुचो लगाइरहेकी छिन् । त्यस्तै कुचो लगाएको केहीबेरपछि उनले कुचोलाई ब्याट बनाएर खेलिरहेकी छिन् । यो रमाइलो भिडियो कटिनाकी बहिनीले खिचिदिएकी हुन् । उक्त भिडियोलाई कट्रिनाका फ्यानले निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्