सेल्फ क्वारेन्टाइनमा निश्चलसँग मस्ती गर्दै स्वस्तिमा (भिडियो)



१३ चैत्र २०७६, काठमाडौँ

नायिका स्वस्तिमा खड्का यतिबेला होम क्वारेन्टाइनमा छिन् । उनले केहीसमय अघि एक भिडियो सेयर गर्दै सबैलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेकी थिइन् । भर्खरै मात्र उनले सामाजिक सञ्जालमा नयाँ भिडियो अपलोड गरेकी छिन् ।

जहाँ उनी निश्चलसँग चलिरहेकी छिन् । स्वस्तिमाले आजभोली आफ्नो दिन त्यसरी नै बित्ने गरेको बताएकी छिन् । भिडियोमा निश्चल र स्वस्तिमा निकै नै क्युट देखिएका छन् ।

भिडियो शेयर गर्दै लेखेकी छिन्, ‘जब तपाईं घरमा ५ दिनभन्दा बढी बस्नुहुन्छ भने यस्तै हुन्छ, यतिबेला मसँग गर्नलाई केही छैन त्यसैले यो भिडियो मैले शेयर गरिरहेकी छु ।’

प्रतिक्रिया दिनुहोस्