डिभोर्स भएको बर्षौपछि ऋतिकको घरमा पुगिन् पूर्वपत्नी सुजैन, अब २१ दिनसम्म बस्नेछन् सँगै



१३ चैत्र २०७६, काठमाडौँ

ऋतिक रोशनले श्रीमती सुजैनसँग केहीबर्ष अघि डिभोर्स गरेका थिए । तर डिभोर्स भएपनि यी दुईको मित्रता भने सधैँ नै छ । बेला बेलामा यी दुई भेट गरिरहेका हुन्छन् । बच्चाहरुको लागि भएपनि सुजैन बेला बेलामा ऋतिकको घर पुग्ने गरेकी हुन्छिन् ।

अहिले पनि उनी ऋतिकको घरमा छिन् । यो कुराको जानकारी ऋतिक स्वयमले दिएका छन् । उनले अब २१ दिनसम्म सुजैन र उनी सँगै हुने पनि बताएका छिन् । किनकी भारतमा सरकारले २१ दिनसम्म लकडाउन गरेको छ ।

ऋतिकले सामाजिक सञ्जालमा सुजैनसँगको तस्बिर सेयर गर्दै सुजैनसँगको २१ दिन आफ्नो लागि विशेष हुने बताएका छन् ।

उनले लेखेका छन्, ‘यस्तो समयमा आफ्नो बच्चासँग अलग हुनेबारे सोच्नु एक आमा–बुवाका लागि अकल्पनीय हो, जब देश लकडाउनको स्थितीबाट गुज्रिरहेको छ ।’ ‘अनिश्चितता, थुप्रै महिनाका लागि सोशल डिस्टेन्सिङ र लकडाउनको रुपमा संसार एक भइरहेको देख्नु साँच्चै नै मन छुने खालको समय हो । ’

‘यो प्यारी सुजैनको एउटा तस्बिर हो जसले आफ्नो घरबाट अस्थायी रुपमा बाहिर आउने निर्णय लिएकी छिन् ताकि हाम्रा दुई बच्चा हामीमध्ये कसैसँग पनि डिस्कनेक्ट महसुस नगरुन् ।’

प्रतिक्रिया दिनुहोस्