चीनमा खुले ६ सयभन्दा बढी हल, हलमा पुराना चलचित्र चलाइदैँ



१२ चैत्र २०७६, काठमाडौँ

कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिरहेको छ । यतिबेला कोरोना भाइरसका कारण पुरा विश्व नै त्रासित छ । कोरोनाको सुरुवात चीनबाट भएको थियो । तर अहिले चीनमा कोरोना नियन्त्रण भैरहेको छ ।

जसका कारण लामो समयदेखि बन्द भएका चीनका हलहरु पुनः सञ्चालनमा आउन थालेका छन् । प्राप्त जानकारी अनुसार चीनका ६ सयभन्दा बढी हलहरु सञ्चालनमा आइसकेका छन् । जहाँ पुराना चर्चित चलचित्रहरु प्रदर्शन भैरहेका छन् । तर दर्शकको उपस्थिति भने राम्रो नै छ ।

चीनमा चलचित्र रिलिज हुँदा ५१ प्रतिशत शेयर हल संचालकहरुले पाउने गरेका छन । यस्तै, वितरक वा शेयर होल्डर्सको हातमा ४३ प्रतिशत र सरकारलाई ६ प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।

तर, अहिले चलचित्र रिलिज गर्दा सबै शेयर हल संचालकलाई नै दिने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्