बलिउड गायिका कनिकाको तेस्रो रिपोर्ट पनि पोजेटिभ, उपचारको लागि खटाइयो ६ जना नर्स



१२ चैत्र २०७६, काठमाडौँ

बलिउड गायिका कनिका कपुरमा केही समय पहिले कोरोना संक्रमण देखिएको थियो । जसका कारण उनलाई तुरुन्त अस्पताल भर्ना पनि गरिएको थियो । तर कनिकाले आफूलाई आफ्नो रिपोर्टमा शंका लागेको बताएपछि पुनः उनको चेकजाँच गराइएको थियो ।

तर कनिकाको तेस्रो रिपोर्ट पनि पोजेटिभ नै देखिएको छ । योसँगै उनको सुरक्षाका लागि ६ नर्स खटाइएको भारतीय मिडियाले जनाएको छ । ४ ४ घण्टाको फरकमा उनको उपचार भैरहेको छ ।

यस्तै कनिका कोरोना संक्रमित भैसकेपछि लखनउमा पार्टीमा गएकी थिइन् । जसका कारण त्यहाँ आएका अन्य मानिसलाई पनि कोरोना देखिएको हुनसक्ने भएकाले लखनउका केही मानिसको चेकजाँच गरिएको थियो । तर ती मानिसमा कोरोना देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्