‘घरको खाना खाएर मोटाउने भए’ : टाइगर श्राफ



१२ चैत्र २०७६, काठमाडौँ

यतिबेला बलिउड सेलिब्रेटीहरु पनि सेल्फ क्वारेन्टाइनमा रहेका छन् । भारतमा पनि केहीसमयको लागि लकडाउन गरिएको छ । जसका कारण सेलिब्रेटीहरुले आफ्नो परिवारलाई समय दिन पाइरहेका छन् ।

यसैबिच अभिनेता टाइगर श्राफले भने आफू आधा मात्र खुसी भएको बताएका छन् । उनले घरमा आजभोली खाने र सुत्ने भन्दा काम नभएको बताएका छन् । घरमा जे पकायो त्यहि खाने हुदाँ उनले केही मुख बारेका छैनन् जसका कारण उनलाई आफू मोटाउने चिन्ता लागिरहेको छ ।

त्यसैकारण टाइगरले धेरै खुसी भने नभएको बताएका छन् । तर उनी घरमै सामान्य वर्कआउट भने गरिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्