कोरोना संक्रमणपछि अस्पताल नै नगई पूर्ण रुपमा ठिक भइन् यी नायिका



११ चैत्र २०७६, काठमाडौँ

कोरोनाभाइरससँग जुधिरहेकी जेम्स बोन्ड अभिनेत्री ओल्गा कुरिलेन्को पूर्ण रुपमा ठिक भएकी छिन् । उनी आफैंले आफू पूर्ण रुपमा स्वस्थ भएको जानकारी दिएकी हुन् ।

उनले इन्ष्टाग्राम मार्फत आफू पूर्ण रुपमा ठिक भएको जानकारी फ्यानलाई दिएकी छिन् । ओल्गाले केहीसमय अघि आफू कोरोना संक्रमित भएको जानकारी दिएकी थिइन् । उनले १ हप्तासम्म त आफूलाई निकै गाह्रो भएको पनि बताएकी थिइन् ।

अचम्मको कुरा त के छ भने उनी कोरोना संक्रमित भएपछि अस्पताल समेत गइनन् । आइसोलेसनमा रहेकी ओल्गाले बेलाबेलामा आफ्नो स्वास्थ्यको जानकारी दिइरहेकी थिइन् । पछिल्लो पोस्टमा उनले लेखेकी छिन् ‘म पूर्ण रुपमा ठिक भइसकेकी छु ।

एक हप्तासम्म मलाई निकै गाह्रो भयो किनकि म तेज ज्वरो र टाउको दुखाइका कारण बेडमै थिएँ । दोस्रो हप्ता मेरो ज्वरो हट्यो । तर हल्का कफ र थकान लागिरहेको थियो ।’

तर अहिले भने उनलाई कफ पनि छैन । उनले निकै स्वस्थ्य महशुस गरेको बताएकी छिन् । अहिले उनी घरमा आफ्नो छोरासँग समय बिताइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्