‘लकडाउन्’ले सुनसान बनाएको काठमाडौं [तस्वीरहरु]



१२ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई ध्यान राखी सरकारले ‘लकडाउन्’गरेसँगै राजधानी काठमाडौं सुनसान बनेको छ।

गत सोमबार काठमाडौंमा एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले थप संक्रमण नबढोस् भनेर मंगलबार बिहानबाट ‘लकडाउन्’ गर्ने घोषणा गरेसँगै काठमाडौं सुनसान बनेको हो।

‘लकडाउन्’सँगै सरकारले औषधि, खाद्यवस्तुलगायतका दैनिक उपभोग्य सामानहरु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरेको छ।

योसँगै सरकारले ‘लकडाउन्’ उल्लघंन गरे ६ महिनासम्म कैद र जरिवाना वा दुवै हुने व्यवस्था गरेको छ।
थप तस्वीरहरुः

   

तस्वीरमा ‘लकडाउन्’को काठमाडौं। परिवर्तन खबर।

प्रतिक्रिया दिनुहोस्