अमेरिकामा यी बलिउड नायिकाको भयो बिचल्ली : भनिन्, ‘मसँग मास्क पनि छैन, फ्लाइट ३ पटक रद्द’



१२ चैत्र २०७६, काठमाडौँ

अमेरिकामा बलिउड नायिका सौन्दर्या शर्मा फसेकी छिन् । उनी पढाईको लागि अमेरिका गएकी थिइन् । तर कोरोनाका कारण उनको कलेज बन्द भयो र अनलाइन बाट हुने पढाई पनि रोकिएको छ । उनी आफ्नो घर इन्डिया फर्कन चाहन्छिन् । तर उनको फ्लाइट ३ पटकसम्म रद्द भैसकेको छ ।

यसैबिच उनले सामाजिक सञ्जालमा गुनासो पोखेकी छिन् । उनले यतिबेला अमेरिकामा पनि धेरै सुपर मार्केटहरु बन्द भएकाले आफूले दैनिक आवश्यक पर्ने खाद्यान्न समेत किन्न नपाएको र अनलाइनबाट पनि मगाउन नपाएको जनाएकी छिन् ।

त्यतिमात्र नभएर उनले उनी बसेको ठाउँतिर सेनिटाइजर र ट्वाइलेट पेपरको लागि झगडा समेत भैरहेको बताएकी छिन् । उनले सुरक्षाका लागि आफूसँग मास्क समेत नभएकाले चिन्ता लागेको बताइन् । उनी घर फर्कन चाहन्छिन् र सकेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्