११ चैत्र २०७६, काठमाडौं
कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवतीसँगै कतार एयरवेजको जहाजबाट चैत ४ गते नेपाल आएका दुईजना युवक उदयपुरमा भेटिएका छन् ।
फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै आएका अन्य यात्रुको खोजी गर्ने क्रममा उनीहरु उदयपुरमा भेटिएका हुन् ।
उनीहरुलाई ज्वारो पनि आएको बताइएको छ । यसबारेमा प्रदेश एक सरकारका धेरै वटा निकायलाई जानकारी गराइएको भएपनि कसैले वास्ता नगरेको बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले बताए।
सरकारले विदेशबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न भनेको छ । तर, उनीहरु काठमाडौंबाट उदयपुर पुगेर क्वारेन्टाइनमा नबसी खुल्ला रुपमा हिँड्ने गरेका थिए ।
बेलकाका ती दुई युवाहरुलाई कोरोना संक्रमित युवतीसँगै आएको पुष्टि भएपछि मंगलबारबाटै ‘होम क्वारेनटाइन’ मा राख्ने तयारी थालिएको मेयर थापाले बताउनुभयो ।
फ्रान्सबाट आएकी युवतीमा कोरोना पोजेटिभ देखिएपछि उनीसँगै आएकाहरुको खोजी शुरु भएको थियो।
फाइला तस्वीर।





