भरतपुरमा ‘आइसोलेसन’मा राखिएको युवकको मिर्गौला र लुपस रोगका कारण मृत्यु



११ चैत्र २०७६, काठमाडौं

भरतपुरको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएका एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

मृत्यु हुनेमा वीरगञ्ज जगन्नाथ पुरका ३० वर्षे युवा रहेको र मिर्गौलाका बिरामी रहेको अस्पालले जानकारी दिएको छ।

ती युवा लुपस रोगबाट पीडित रहेको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले बताए।
‘आइसोलेसन’मा राखिएका एक युवकको मृत्यु
“उनी मिर्गौला र लुपस रोगबाट पीडित रहेछन्। भरतपुरकै चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेकोमा केही दिनअघि ज्वरो आएपछि कोरोना विशेष अस्पतालमा ल्याएर जाँच गरिएको थियो।” प्रवक्ता डा. अधिकारीले भने, ‘हामीले कोरोना आशंकामा परीक्षणका लागि नमूना काठमाडौं पठाएका छौं। रिपोर्ट आउन बाँकी छ।’

उनलाई कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो।

तस्वीरमा भरतपुरको कोरोना विशेष अस्पताल। परिवर्तन खबर।

प्रतिक्रिया दिनुहोस्