‘आइसोलेसन’मा राखिएका एक युवकको मृत्यु



११ चैत्र २०७६, काठमाडौं

भरतपुरस्थित कोभिड १९ (कोरोना भाइरस)विशेष अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ।

उनको मंगलबार (आज) बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

अनलाइन खबरले लेखेअनुसार उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो।

उनको शव अस्पतालमै राखिएको छ। उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो।

उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो। तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ।

उनको स्वाबको नमुना सोमबार (हिजो) नै संकलन गरिएको र मंगलबार (आज) बिहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ।

तस्वीरमा भरतपुर। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्