घरमै बसेर चलचित्र ‘राधे’ को सम्पादन गर्ने तयारीमा सलमान



११ चैत्र २०७६, काठमाडौँ

कोरोनाको त्रास बढ्न थालेपछि सलमानले चलचित्र राधे को छायांकन रोकेका थिए । प्रभु देवाको निर्देशनमा तयार भैरहेको राधे आउँदो इदमा रिलिज गर्ने तयारी निर्माण टिमको थियो । तर कोरोनाको त्रास नघटेसम्म चलचित्रको छायांकन पुनः सुरु हुने छैन । जसका कारण राधे को प्रदर्शनमा अन्योलमा परेको छ ।

तर सलमान भने राधे जसरी पनि इदमा नै रिलिज गर्ने तयारीमा छन् । उनी इदसम्ममा माहोल शान्त हुनेमा विश्वस्त छन् । अहिले सेल्फ क्वारेन्नटाइनमा रहेका सलमानले अब घरमै बसी बसी चलचित्रको छायांकन भैसकेको सिनको सम्पादन गर्ने योजना बनाएका छन् ।

उनले सम्पादकलाई आफ्नो घरमै बोलाएर अब चलचित्रको काम सुरु गर्ने तयारी गरिरहेको भारतीय मिडियाले जनाएको छ । माहोल शान्त हुनासाथ चलचित्रको बाकिँ छायांकन सकिहाल्ने सलमानले बताएका छन् । उनका हिसाबले चलचित्र राधे इदमा नै रिलिज हुनेछ ।

राधे मा सलमानसँगै नायिका दिशा पटानीको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्