एक हिरोइनले सेल्फ क्वारेन्टाइनमा बस्न गरिन् अस्वीकार, उल्टै सरकारसँग आक्रोश पोखिन्



१० चैत्र २०७६, काठमाडौँ

कोरोना भाइरस को त्रास बढ्दै गएपछि विश्वभर नै मानिसलाई सकेसम्म घरमै बस्न आग्रह गरिएको छ तर, एक अभिनेत्रीले भने यी सबै सुझावलाई बेवास्ता गर्दै सेल्फ आइसोलेसनमा बस्न अस्वीकार गरेकी छिन् ।

अभिनेत्री इभान्जेलिन लिलीले सेल्फ आइसोलेसन सामाजिक रुपमा दूरी बढाउने अभ्यास गर्न अस्वीकार गरेकी छिन् । साथै उनले आफ्नो घरको दैनिकि पहिलेको जस्तै भएको तर्क पनि दिइरहेकी छिन् ।

यी अभिनेत्रीले बिहानको चियाको फोटो इन्स्टाग्राममा पोस्ट गर्दै आफ्नो दिनचर्या नबदलिएको बताएकी हुन् ।

उनको यस्तो तर्कपछि फ्यानहरुले उनको निकै आलोचना गरिरहेका छन्  । कतिपयले भने उनलाई सावधान रहनको लागि पनि अनुरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्