कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार नाघ्यो, ३ लाख भन्दा बढी संक्रमित



०९ चैत्र २०७६, काठमाडौं

कोरोनाका कारण संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हपकिन्स विश्वविद्यालय तथा मेडिसिन कोरोना भाइरस रिसोर्स सेन्टरलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । त्यस्तै, मृत्यु हुनेको संख्या १३ हजार ३२ पुगेको छ ।

चीन, इटली र त्यसपछि स्पेनमा सर्वाधिक धेरै संक्रमित देखिएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या भने इटली, चीन र ईरानमा छ । इटलीमा शनिबारसम्म ५३ हजार ५ सय ७८ मा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय २ जनाले ज्यान गुमाइसकेका छन् । बेलयातमा पनि यसबाट संक्रमित हुनेको संख्या ५ हजार १८ पुगेको छ भने २ सय ३३ जनाले ज्यान गुमाइसकेका छन् । कोरोनाको बढ्दो महामारीसँगै विश्व अर्थतन्त्र धरासायी हुने जोखिम विज्ञहरुले औल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्