आजै मात्र १ लाख ८७ हजारले छाडे काठमाडौं



०८ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमबाट बच्‍न काठमाडौं उपत्यका छोड्नेको संख्या बढ्या बढ्यै छ।

शनिबार (आज) मात्रै उपत्यकाबाट १ लाख ८६ हजार ५ सय ४९ जना यात्रु बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

यस्तै बाहिरिने गाडीको संख्या २७ हजार २ सय ६० रहेको शाखाले जनायो। यस्तै आजै काठमाडौं भित्रिनेको संख्या ४० हजार १ सय ६३ यात्रुसँगै १४ हजार ५ सय ७४ सवारी साधन छन्।

गत बुधबारदेखि यता काठमाडौं छाड्‍ने यात्रुको संख्या ४ लाख ७० हजार १ सय १७ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

तस्वीरमा काठमाडौंबाट गाउँ फर्किन लागेका यात्रुहरु। परिवर्तन खबर।

प्रतिक्रिया दिनुहोस्