कोरोनाका कारण बन्द भएका चीनका हलहरु पुनः सञ्चालनमा



०८ चैत्र २०७६, काठमाडौँ

चीनबाट विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस का कारण चीनका सम्पूर्ण सिनेमा हलहरु बन्द भएका थिए । अहिले भने चीनका केही सिनेमा हलहरु पुनः सञ्चालनमा आएका छन् ।

गत हप्तादेखि चीनको सुदूर क्षेत्रका थिएटरहरू व्यवसायमा फर्केका हुन् । विश्वभर फैलिएको कोरोनाका कारण कयौं ठूला फिल्मको चीन रिलिज रद्द भएको थियो । त्यस्तै, चीनका पनि ठूला फिल्म लुनार ईयरको समयमा प्रदर्शन गरिएन । कोरोनाका कारण हलिउडका सबै फिल्मको रिलिज पोस्टपोन्ड भएपछि चीनमा पुनः खुलेका हलहरुले पुराना फिल्म चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्