बालबालिकालाई कोरोनाभाइरसको संक्रमण हुनबाट कसरी बचाउँने ?



०८ चैत्र २०७६, काठमाडौं

बालबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ । भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो ।

बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पूर्ण्विकास भइसकेको हुँदैन तसर्थ अभिभावकले ध्यान पु¥याउनुपर्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताए ।

उनले अहिले सबै विद्यालय बन्द भइसकेका कारण बालबालिकालाई घरमा सुरक्षित कसरी राख्ने भन्ने विषयमा ध्यान पु¥याउनुपर्ने जानकारी दिँदै भने, “कोरोनाको त्रास र भ्रम फैलाउनु हुँदैन । बालबालिकालाई कोरोनाको त्रास दिएमा मानसिक समस्या आउँछ ।”

उनले बालबालिकालाई नेपालमा कोरोना आएको छैन तर सुरक्षा भने अपनाउनुपर्छ यो रोग लाग्दैमा मर्ने होइन जस्ता कुरा सम्झाउनुपर्ने जानकारी दिए । अभिभावकहरू आतङ्कित नहुन सुझाव दिँदै उनले थपे, “बालबालिकाको मृत्युदर निकै कम छ, सही सूचना प्रवाह गर्नुपर्छ । खानपिनमा ध्यान दिनुपर्छ सकभर बाहिरको खुवाउनुु हुँदैन ।” यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्